थप २ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या १०१ पुग्यो - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप २ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं / नेपालमा थप २ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ सय १ पुगेको छ ।

बिहीबार कपिलवस्तुका २ पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहिबार थपिएका दुई पुरूषको उमेर १६ र २२ वर्ष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबारमात्रै वीरगन्जमा दुई महिनाका शिशुसहित एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खवर