काठमाडौं / कोरोना भाइरस (कोभिड–१९)को संक्रमित एकजना थपिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।
शुक्रबार नेपालगञ्जको भेरी अस्पतालमा एक १६ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका छन् ।
नेपालमा १०२ जना कोरोना संक्रमित पुग्दा ३१ जना निको भएर घर फर्किसकेका छन् ।