Lock down जनतालाई आहत, ओली सरकारलाई सरप्राईज राहत - Mangsebung News
  • सोमबार, भदौ २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

Lock down जनतालाई आहत, ओली सरकारलाई सरप्राईज राहत


भनिन्छ, अक्सर कर्पोरेट माफियाका ब्यापारीहरुको घरमा आफ्नो बाउको लास ढली रहेको हुँदा पनि सहानुभुतीबश दिन आउँने आफ्नो शुभेच्छुकहरुसंग उहीँ घाटा मुनाफाहरुको मात्र कुराकन्थ गर्छन् रे । अनि बैंकर्सहरु पनि यस्तो दलाली माफियाहरु हुन् , जो घाम लागेको बेला छाता ओढाई दिन्छन् र पानी परिरहेको बेला बन्द गरि दिन्छन् भनिन्छन् । त्यस्तै हामेरुँको देशका शासके नेताहरुलाई पनि देशमा संकटकाल विपत्ति मात्र आईलाग्नु पर्छ । उनेरुँको हकमा त यो उत्कृष्ट सर्प्राईज (बम्पर उपहार)पाए, भए जस्तै नै भई दिन्छ । त्यसपछी त येनारुँलाई त राहतै राहत । यता जनतालाई भने हृदय विदारक आहतै आहत । पिडादायी चोटैचोट । खतैखत । क्यानाम स्याँठा अब अझै नि दिन्छौ भोट..?

तेमेरुँ जनताले क्या सुन्दैछौ..? क्या बुझ्दैछौ नि..? जस्तो गुरु उस्तै चेला । ओली महाराजको क्याविनेटका मन्त्रीहरुको नि उस्तै थुतुनो चल्ने के । एउटा टपरटुईयाँ संचारमन्त्री थियो नि गोकुले । देश लुटेर टन्न अघाएसी उता ओलीको बालकोट दरबारमा ओलीको भजन किर्तनमा स्तुत्य अलाप गाउँदै रागमा भ्रष्टाचारको लय र ताल मिलाउँन कोरसको बान्कीहरुमा टाईमिङविट मिलाउँन मै अभ्यासरत छन् अहिले पनि । उनलाई भ्रष्ट कसुरदारी मन्त्रीको रूपमा राजकाज मुद्वा चलाईएन । उनको सांसद पदबाट बर्खास्त गरिएन । मन्त्री पदबाट राजीनामा चढाएसी उसको भ्रष्ट चरित्र क्लिन च्याट भई हाल्यो । आन्तः ओली सरकारनै न्यायलय अनि अख्तियारकर्ता नि उनै भएसी उसै नि क्लिन च्याट सफेद भई जान्छ नि । फेरि अर्का बोका बन्न पुगेका ब्याभीचारी नेता पुर्व सभामुख कृष्णबहादुर महरालाई पनि ओली न्यायलयले दुधले धोई दिएसी ऊनी पनि असल ईमान्दार नेताको रूपमा दर्ज भईहाले । उनको पनि सांसद पदको बचाँऊ गरि दिए । ऊनी हिजोमात्र (२६ बैसाक) बोके शीर ठाडो पारेर सांसद भवन छिरे । लाज शरम पचेका नकचराहरुलाई के बाल..? राजनीति नैतिकता मात्र भए सार्वजनिक विवाद हुँदा तत्कालै पदीय राजीनामा दिन सक्नु पथर््यो ।

देशमा डेढ महिना लामो Lock Down. लगाए । अनि भन्छ की देशको सप्पै जनतालाई भात ख्वाएर पाल्न सकिन्दैन् रे । अनि उसको थुतुनो फेरि जोत्छ र भन्छ, सरकार भनेको श्रोत होईन, खाली परिचालक मात्र हो रे । अब सप्पैलाई भात खुवाउँनु पर्यो भने, कर बढाउँनु पर्यो । कर तिर्नु पर्यो नि रे । उसले फेरि मुर्मुरिन्दै कहन्छ कि यो Lock Down.अवधीभर मात्र साँढे तीन अर्व रुपैयाँ सकियो रे । जुन रुपैयाँ हिजो अस्ती विश्व बैंक मार्फत ऋण लिएको थियो । सो रकम सबै स्वाहाभो रे के । उसले खर्च भएको भार ओकल्छ, जनतालाई भातमात्र एक अर्व रुपैयाँको खुवायो रे । बाफ रे..! त्यत्रो एक अर्व रुपैयाँको भातै खान पाएसी, यी श्रमजीवी, दीन दुस्खी, असहाय जनताले किन खानै पाएनौं । भोक भोकै भईयो भनेका हुन् नि..? खाते बनेका यी जनता हुन् की, यी सरकार हुन..? आन्तः फेरि सुनेको कि UN ले निस्शुल्क ऋण दिने सुचीमा नेपाललाई नि राखेको छ रे । फेरि पनि सरप्राईज । फेरि पनि ॐ नमोः स्वाहा ।

थुईक्क स्याँठाहरु हो.. एउटा सामान्य ब्यबस्थापन गर्ने कार्यमा रंगढंग छैन । जो चेन् परिचालक बनेको रे, जसले देश चलाको रे । बरु भनन, देशको ढुकुटीहरु भाग भण्डामा रित्याउँनलाई अर्थमन्त्रीको पदभार ग्रहण गरेको होईन र..? सरदर कस्को भागमा के कति पर्छ..? सो त्यतिको लागी न हो परिचालक बनेको । त्येंमी न राष्ट्रिय योजनाको प्रमुख हुँदा नै केही नाप्यौ । न गर्भनर हुँदा न त अर्थमन्त्री हुँदा नै केही खुत्त्याउँन सक्यौ..? उहीँ जनतालाई मुर्दा जस्तो बनाएर मुर्दा देशकै मुर्दा अर्थमन्त्रीको चोला न फेर्यौ । अर्थमन्त्रीको यो भोगचलन ज्याँदै अति भो । देशलाई सिर्फ खती मात्र भो । खाली जनताले तिर्ने राज्श्वकरलाई मात्र, देशको श्रोतनीति भएको देख्ने अनि कर प्रणालीचेन् बढाई मात्र रहेर असुली रहने । अनि यस्तो कलाहिन र सिर्जनात्मक चेत नभएको अर्थविदलाई यो देशको अर्थमन्त्री बनाईन्छ । उफ..! यतिको काम त यहीँ औंठाछापे बबुरो ज्याँनले नि गरि हाल्छ नि लै लै..!

जो चेन् सर्बहारा जनताका साम्यवादी शासकहरु हुने रे । जुन तेनारुँचेन् करोडौं मुल्यको गाडीहरुमा सवार गर्छन् र चौरासी ब्याञ्जनको परिकारहरु हसुर्दै लक्जरियर्स जीवनशैलीमा विन्दास बाँच्न चाहान्छन् । अनि दिनरात भोग बिलासमा रत्यौली खेल्दै रमाउँन मन पराउँछन् । यस्ता पाखण्डी चुतियाहरु रे। माक्स, लेनिन अनि माओबादका सच्चा बामपन्थी कम्युनिष्ट हुन् रे । देशमा तेमेरुँको कर्तुतहरु सबै नै सर्बाङगै त देखि सकियो । अब के ढाकछोप गरि टोपल्छौ ए कम्युनिष्टे शासकहरु हो.?सिंहदरबार, बालुवाटार, खुमलटार अनि बल्खुदरबार (अहिले धुम्बाराही)मा के आङमा लुगा लगाएर हिड्छौ के । काँग्रेस नि उहीँ ड्याङको मुला न हो । जो अहिले सत्तामा नहुनुको औडा पीडा छ । अन्तः तेमेरुँको आङमा लुगा भए नि के । नभए नि के । सर्बाङगै नाङगिएसी अर्थात नाङ्गो शरीर देखाएसी कपडाले आङ ढाक्नुको के अर्थ छ र..?

देशलाई Lock Down.लगायौ।अनि जनताकोचेन् Luck Block गर्यौ अनि आफू शासकहरुचेन् बहुत Lucky बन्यौ /भयौ । अहिले तेमेरुँको बेश्कनै घरझगडा भई रहेको छ । जुन देश र जनताको हकहितको निमित्त किमार्थ होइन । मात्र घोटालामा भागभण्डा नमिल्दाको रडाको न हो यो । यता विपक्षी प्रतिद्वन्दी काँग्रेस पनि उहीँ घरभित्र कै झगडामा तमसा देखाउँन उसलाई आतुर नै छ क्यारे । लाग्छ सत्तारुढ नेकपा.र विपक्षी काँग्रेस यसबेला घरभित्रको झैँ झगडामा को वलशाली हुने हो भन्नेमा तिब्र प्रतिस्पर्धाको रेस्लिङ चल्दैछ । जवकी येनारुँ देश कोरोना भाईरस(कोभिड(१९) को आँतकले अप्ठ्याउँदै गर्दाको यो महा–विपत्तीको घडीमा शोकमा डुबी रहेको समयताका आफ्नो मुर्दा भएका जनताको लाश छोप्ने एक त्यान्द्रो कात्रोहरुमाथी पनि मुनाफाको व्यापार गर्छौ । भनेसी तेमेरुँमा अबः कुनचेन् मानवताको शेष बाँकी रहेको होला के । जवकी घृणा गर्नुको लायक पनि छैनौ, भएनौ । कुन शब्दहरुले घृणाको तर्कहरु पेश गरौं..? लौ भनुँ त शुभेच्छुक कमाउँरेडहरु हो..???

अस्तु: कमाउँरेड शुभेच्छुक ज्युहरुको यो क्रान्तिकारी लाल सलाम पनि लाल मोहरमा बसाई सर्यो । फेरि लाल मोहरको पनि पदोन्नति भएसी, लाल महलमा स्थानन्तरण भो । अन्तः फेरि लाल महल पनि अझै थप बढुवाको भर्याङ उक्लेसी ऊ त फेरि लाल राजसिंहासनमा जंगे हिटलर यानेकी तानाशाहमा पो ग्वाम्मै बदलि भो हौउ । बल्ल पो थाह भो त, सर्बहारा जनताको साम्यबादी भनौंदा कम्युनिष्टे नेताहरुको शासकीय रुपको कालभैरव स्वरुप । हैट..! यो कम्युनिष्टराजमा उसै हिटलर, स्टालिन, माओत्सेतुङहरु नजन्मेका होईनन् नि । अनि त्यसैको नाभीबाट बीजाङकुरण भएका केपी.ओली जस्ता मरनच्याँसे कद भएकाहरु देश र जनताको बोझ, भारहरु भईकन पनि सत्तामा पुगेसी त्यसै नि शासकीय अहंकार देखाई हाल्छन् नि, कठै…!

भलैः देशमा Lock Down.लगाईनु ओली सरकारको प्रशंनिय कार्य मान्न सकिएला । जसले गर्दा कोरोनाले गर्ने अतिक्रमणको रोकथाम गर्नमा सघाउ पुर्यायो । तर देश र आफ्नो नागरिकजनमा यसले के कस्तो दुरगामी प्रभाव पार्यो भन्ने बिचरण गर्नमा सरकार ज्यादत्तर चुक्न पुग्यो । Lock Down.लगाएर सरकार भने मस्त किचेन क्याबिनेटको झैँ झगडामा तँ तँ र म म गर्दैमा दिनहरु बिताए । खाली पदीय लडाइँ र शक्ति हत्याउँने खेल नेपाली राजनीतिको प्रमुख सौन्दर्यचेत नै बनी सक्यो । शाह बंशीय राजतन्त्र हुँदै राणाकालीन सत्ता आरोहणदेखि अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीति यात्रामा आईपुग्दाताकसम्म पनि नेपाली राजनीतिको मियो यहीँ शक्ति हत्याउने लडाइँमै खर्चिन्दै आएको छ । चीनमा कोरोनाले आक्रमण गर्दा त्यहाँका राष्ट्रपति सी जीनपिङ आफै अहोरात्र खटे । कोरोना संक्रमित रोगीहरु भएको क्वारेन्टाईन स्थल र आइसोलेसन कक्ष वा अस्पताल गए र भेटे । रोगीहरु र उपचाररत डाक्टर, स्वयंसेवी नर्सहरुलाई उर्जा औं प्रेरणा बाँडे ।

अन्तः हामेरुँको सरकार भने शासकीय अहंकारको रवाफ देखाएर बालुवाटारमा मस्त निधाउँछन् । अनि चौबिसै घण्टा आफ्नो ज्याँनको बाजी मारेर अहोरात्र खट्ने स्वयंसेवी डाक्टर, नर्स स्टापहरुलाई उल्टै पो कारबाही गर्ने, सरुवा गर्ने मन्त्रालयको कठघरामा उभ्याउने । अनि तलवभत्ता काट्नेसम्मको शासकीय उर्दीबक्स गर्छ । देश र नागरिकजनको सुरक्षाको निमित्त सेवारत कर्मचारीहरुको तलवभत्ता काटेर राज्यको ढुकुटीमा भण्डारण गर्ने । अनि तेमेरुँ शासकहरु भने एउटा पनि सिन्को नभाचीकनै तलव भत्ता घिची रहने । राहतकोषमा दिन नि कञ्चुस गर्ने । देश लुटेर तेमेरुँ नै रातारात अमिर बन्नु पर्ने । फेरि देशको आर्थिक ब्यायभारको भारचेन् यिनै कर्मचारीहरुले भोग्नु पर्ने..? उफ…! होईन तेमेरुँ कुन लोक र कुन समय पद्धतिको शासकहरु हौउ..? कि, सोर्हौ, सत्रौ, सताब्दीपुर्वको भन्ठानेका हौउ..? उधारो सत्ताको आयु लिएर, सोमरसको झोलमा हिटलर बन्ने फगत सपना नदेखे कै राम्रो हुनेछ । आफै त्यो भोग्ने अनि फेरि आफै त्यो सत्तामा पुगेसी त्यसैको पुरानाबृती छायाँ बन्ने औकात देखाई दिने..? यो महान भुलको सत्ताभोगको यात्रा ओली सरकारले नगरेकै सोर्हैआना मुनासिफ हुनेछ । बस् ..!

विट्यौंनीमा भन्नुपर्दा Lock Down.मा ओली सरकारले आफ्नो जनताको रक्षाको नाममा सेवा, सुबिधाहरु दिनु त दुर कि बात रहयो । बदलामा मानवीयताको भावकृत सहानुभुतीको लेपसम्म लगाउँन सकेनन् । त्यसता कयैंन दीनदुःखी, असहाय, रोगी अनि श्रमजीवी, विद्यार्थीहरुले बहुत टिठलाग्दो सास्तीहरु भोगे । वैदेशिक रोजगारमा गएका कयैंन युवापुस्ताहरुले यस्तो बिपत्तिमा आफ्नो देश र परिवारजन सम्झे । कतिले मेरो देश, मेरो सरकार भनेर आर्तनादले पुकार गर्दा पनि सरकार पत्थर जस्तै बनी रहयो । सरकार रक्षा कवजमा ढुंगाको मन बोकेर सिंपाहीको बर्दी पहिरियो र उल्टै भक्षक जस्तै बन्न पुग्यो । उहीँ आफ्ना नातेदार अनि पाटीका शुभेच्छुक हर्ताकर्ताहरुको भने क्षणभरमै उद्वारसंगै मान मनितो गरियो । अनि त्योसंग सम्बद्ध नभएकाहरुको बालमतलव नि राखेनन् । सरकारले खाली आफ्नाहरुलाई मात्र काखी च्याप्यो र असमान बिभेदकारी काम कार्बाही गरि रहयो ।

यसताका सरकारको निम्ति यो समय भनेको अवसर र चुनौंती दुबै नै थियो । भनिन्छ पुरुषार्थी मान्छेहरु, विपत्तीको घडीमा मात्र चिनिन्छन् रे । जसलाई अग्नि परिक्षाको रूपमा लिईने गरिन्छ । जसरी नम्बरी सुनलाई चिन्न, आगोमा पगाल्नै पर्छ । तवमात्र चिनिन्छ या छुट्टीन्छ रे । तर..! अफसोच भनौं या दुर्भाग्य, ओली सरकार यहाँ पनि बेश्कनै चुकी सक्यो । यो सुन्दर अवसरको चुनौंतीलाई सहि सलामत सदुपयोग गर्न सकेन । कम्तिमा आफ्नो गिर्दै गएको सरकारको शाख त बचाउँदै लान सक्थे । यसले थप परिपुर्ती गर्नमा त सघाउ पुर्याउन्थ्यो । त्यति विवेकसम्म प्रयोग गर्न उनले रत्ति चाहेनन् । बरु आफ्नो सत्ता र शक्तिको दुरुपयोग गर्दै स्वार्थको लागी राजनीति तिकडमको चलखेलमा पो खुलमखुल्ला कुनै रेस्लर खेलाडी झैं उत्रीयो । देश र नागरिकजन कोरोना भाईरसको त्रासदीले ईन्तु न चिन्तुको अवस्थामा लमतन्न हुँदै गएकोछ । यता सत्तारुढ नेकपामा भने अहिले आफ्नै घरभित्रको पाटी कवजमा गुटगत रेस्लिङ खेल्दैछन् । ओली सरकार र प्रचण्ड, माकुने, झल्लुहरुसंगको वीच । बिचरा बामदेव गौतमचेन् भकुण्डो र कण्डम दुबै जस्तै भएका छन् कठै..! कहिले ओलीले प्रयोग गर्छन् र ठोक्छन् । त कहिले यी प्रचण्ड, माकुनेले प्रयोग गर्छन् र ठोक्छन् । यिनको उपदेयता युज एण्ड थ्रो बाहेक पार्टीमा खासै गिन्ती राखेनन् । राजनीतिमा सोझो तर महत्वकांक्षी अवसरवादी नेताको रूपमा छवि बनाएका यी बामदेब, पार्टी पंक्तीमा शिर्षनेताहरुको गाईड लाईनमा शत्रु, मित्रु दुबैतिर क्रस म्याच बनी रहे । उनलाई बलिको बोको बनाउँनमा शिर्षनेताहरुलाई ज्यादत्तर सहजता बनि रहयो ।

फलतः नेपाली राजनीतिमा प्रजातन्त्र प्राप्तिको यो तीन दशक लामो सत्ताभोगको अभ्यासलाई समिक्षात्मक मुल्यांकन गर्ने हो भने काँग्रेस र कम्युनिष्टहरुलाई पाँच बर्षे दिंगो सत्ता कहिल्यै फाप्न सकेन । अतः काँग्रेसलाई वि.स. २०१५ मा दुईतिहाई बहुमत, वि.स.२०४८ र वि.स. २०५६ मा सामान्य बहुमतको सरकार प्राप्त गरेको थियो । भने कम्युनिस्ट घटकले यसपटक ओली सरकारको (२०७४) नेतृत्वको बहुमत सरकार चलाउँने लाईसेन्स प्राप्त गरेको हो । केही समय अघि यो उपेन्द्र यादव नेतृत्वको समाजबादी पाटीको सत्ता समर्थनका कारण दुईतिहाई बहुमतको सरकारमा परिणत भएको थियो । र ओली सरकारको शासकीय रवाफको दम्भको तापक्रम पनि उस्तै बढेको थियो । उसो त अहिले नि उस्तै दम्भीत छन् । तथापी सत्ता चलाउँने उनेरुँको क्षमतामै प्रश्नचिन्ह खडा भई सक्यो । अबको नेपाली राजनीतिमा यी दुई शक्तिशाली दलीय पार्टीहरुको विकल्प खोज्नु अनिबार्य शर्त जस्तै भई सकेको छ । फगत जनयुद्ध लडेर आएको क्रान्तिकारीको पार्टीको ट्याग बोकेको माओवादी पनि गतबर्ष २०७४ मा एमालेसंगै विलय भएर सती गएसी उसको पनि बैकल्पिक उपदेयता सदाको लागि अन्त्य भयो । तसर्थः देशको शासकीय स्वरुप र शासक फेरिनुको निर्बिकल्पै छैन् । शासकीय ब्यबस्थाको होर्डिङ बोर्डहरुमा नेमप्लेट राख्दैमा र नयाँ संविधानमा थप नयाँ अक्षरहरुको भण्डारण गरेर मात्र,संघीय लोकतान्त्रिक गणतन्त्र रत्तिभर स्थापीत बन्न सक्दैन । त्यसैले अबः यी बासी अनुहार भएका तर लोकतन्त्रका अनुदार शासके नेता र यी दलीय पार्टीहरु बदल्नु र फ्याँक्नुको नेपाली राजनीतिमा बिकल्पै छैन । त्यो कसरी र कहाँबाट सुरु होला..? जुन दिन नागरिकजनको उघ्रेको चेतना र समयको बेग्लै एकदिन अवस्य नि ल्याउँने छ । ईतिहास कहिल्यै पनि स्थिर भएर दही जस्तो जमी रहन सक्दैन । ताकी त्यो दोहोरी रहन्छ । अहिलेलाई यति बुझौं बस..!

दस्तखतः २७ बैसाक २०७७ शनिबार
माङसेबुङ पत्रीका शाखा कार्यालय, दमक, झापा

सम्बन्धित खवर