थप एक महिलामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १ सय १० पुग्यो - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप एक महिलामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १ सय १० पुग्यो

काठमाडौं / थप एक महिलामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या एक सय १० पुगेको छ ।

कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले उदयपुरको भुल्केकी ४३ वर्षकी महिलामा अस्पतालको प्रयोगशालामा गरिएको स्वाब नमुना परीक्षणमा कोरोना पोजिटिभ देखिएको जानकारी दिइन् ।

यससँगै शनिबार थपिएका संक्रमितको संख्या ८ पुगेको छ । शनिबार बिहान मात्र उदयपुरका तीन, कपिलबस्तुका तीन र पर्साका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीनैजना महिला विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र भर्ना भएका छन् ।

शनिबार बिहान संक्रमण पुष्टि भएका तीन मध्ये दुईजनाका श्रीमानलाई यसअघि कोरोना संक्रमण देखिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार दुई जना संक्रमित व्यक्तिका श्रमिती हुन् ।

भुल्केमा पहिलो पटक वैशाख ५ गते १२ जनामा कोरोना संक्रमण देखिएको थियो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । संक्रमितहरुलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा राखिएकामा १४ जना भने निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर