कपिलबस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १२० पुग्यो - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कपिलबस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १२० पुग्यो


काठमाडौ / नेपालमा थप १० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौको प्रयोगशालामा गरिएको परिक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो ।

थप संक्रमितहरु कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० वस्ने १८, १९, २०, २०, २४, ३० , ३१, ३४ र ३४ वर्षीय पुरुषहरु रहेका छन् भने । एक जनाको पुरुषको उमेर नखुलेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पिसिआर प्रविधिबाट १६ हजार ९ सय ८ जनाको परिक्षण गरिसकिएको छ । जसमा १ सय २० जना संक्रमित देखिएकोमा ३३ जना भने निको भएर घर फर्किसकेको छ ।

गत चैत्र ११ गते देखि गरिएको लकडाउनलाई केहि खुकुलो गर्न गरी सरकारले ४४ प्रकारका उद्योग तथा कार्यालयहरु खुल्ला गर्ने निर्णय गरेको छ । तर नेपालमा संक्रमित संख्या भने दिनानुदिन बढिरहेको छ ।

सम्बन्धित खवर