सप्तरीमा एक जना कोरोना संक्रमित थपिए, जम्मा संक्रमित १ सय २१ पुग्यो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सप्तरीमा एक जना कोरोना संक्रमित थपिए, जम्मा संक्रमित १ सय २१ पुग्यो


दमक / सप्तरीमा एकजना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार सोमबार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ माa १८ वर्षका एक जना युवामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै आज मात्रै संक्रमितको संख्या ११ जना थपिएको छ । यो संगै नेपामा जम्मा कोरोना संक्रमित १ सय २१ जना पुगेको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जनाएका छन् ।

१७ हजार ८ सय ९ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा ३ र बाहिर १ सय ६१ गरी कुल १ सय ६४ जना आईसोलेसनमा छन् । मुलुकभर १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
हाm सम्म १ सय २१ जना कोरोना संक्रमित भेटिएका छन भने ३३ जना निको भैसकेको छ ।

 

सम्बन्धित खवर