थप १३ जनामा कोरोना पुष्टि, एकैदिन २४ जना संक्रमित भएसंगै नेपालमा १३४ पुग्यो - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप १३ जनामा कोरोना पुष्टि, एकैदिन २४ जना संक्रमित भएसंगै नेपालमा १३४ पुग्यो

काठमाडौं / नेपालमा थप १३ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ । यो सँगै सोमबार एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यी सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको हो ।

सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा र सप्तरीमा पनि एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमबार साँझ थप १३ जनामा पुष्टि भएपछि नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । ३३ जना भने निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर