एकै दिनमा ५७ जना कोरोना संक्रमित थपिए, जम्मा संक्रमित १ सय ९१ पुग्यो, - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकै दिनमा ५७ जना कोरोना संक्रमित थपिए, जम्मा संक्रमित १ सय ९१ पुग्यो,


काठमाडौं / कोरोना भाइरस (कोभिड–१९) को संक्रमिण आज एकै दिनमा ५७ जना थपिएका छन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार मंगलबार कपिल्वस्तु जिल्लामा ८ जना, रुपन्देहीमा ९ जना, पर्सामा ३९ जना र बारामा १ जना नयाँ संक्रमित भेएिका हुन् । ती सबै संक्रमित पुरुष रहेको जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा, काठमाडौंक प्रयोगशालामा गरीएको परिक्षमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्ममा १९१ जना कोरोना संक्रमित पुष्टि हुदा ३३ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर