भारतले लिपुलेकमा सडक खन्दैछ भन्ने जानकारी मलाई थिएनः– प्रधानमन्त्री ओली - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारतले लिपुलेकमा सडक खन्दैछ भन्ने जानकारी मलाई थिएनः– प्रधानमन्त्री ओली


काठमाडौं / नेपाली भूमि अतिक्रमण गरी लिपुलेकमा भारतले सडक बनाएको जानकारी आफूलाई नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदमा भारतले बनाएको सडकबारे सरकारलाई जानकारी थियो भनि बोलेका थिए । तर प्रधानमन्त्री ओलीले भने यसबारे आफूलाई कसैले जानकारीनै नगरेको गुनासो मन्त्रिपरिषद् बैठकमै गरेका छन् ।

सोही बैठकमा लिपुलेक विवादबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ब्रिफिङ गरेका थिए । यसबारे संसद र संसदीय समितिहरुमा भएको छलफलदेखि दलहरुले लिएको अडानबारे जानकारी गराएका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले व्रिपिङ गरे लगतै प्रधानमन्त्री ओली यसबारे बोलेको एक मन्त्रीले जानकारी लिए । ओलीले सुगौली सन्धिअनुसार काली नदी पूर्वको भूभाग नेपालको भएको बताए । तर कालापानी क्षेत्रमा सीमाको समस्या पुरानो भएको भन्दै ओलीले वि. सं. २०५५र०५६ अनेरास्ववियुका तत्कालीन अध्यक्ष योगेश भट्टराई र दीपक भट्टको नेतृत्वमा मार्चपास गरेको स्मरण गरेका थिए ।

प्रधानमन्त्रीले लिपुलेकमा भारतले सडक बनाएको पूर्व सूचना आफूसँग नभएको बताएका छन् । ‘सीडीओले रिर्पो्टिङ गरेका थिए, के थिए भन्ने पत्रपत्रिकामा पढेँ । तर भारतले सडक खन्दैछ भन्ने मलाई कसैले रिपोर्टिङ गरेनन्’ ओलीले भने ।

सम्बन्धित खवर