एक जिल्लाबाट अर्को जिल्ला जान नपाईने, गृहद्धारा पास रद्ध - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एक जिल्लाबाट अर्को जिल्ला जान नपाईने, गृहद्धारा पास रद्ध


काठमाडौं / आज एकै दिनमा ५७ जनामा कोरोना संक्रमण देखिए संगै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी गरेको सबै सवारी पास रद्द गरेको छ ।

मंगलबार ५७ जनामा कोरोना संक्रमण देखिए लगतै गृहले आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले अनुसार ‘बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।’ उपत्यकाको तीन जिल्लाको हकमा भने एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने प्रावधान लागू नहुने उनले बताए ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

 

सम्बन्धित खवर