नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१७ पुग्यो - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं / काठमाडौं र भक्तपुरमा ३ जना सहित गरेर नेपालमा थप २६ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या २६ रहेको छ ।

यो संगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राती सवा १० बजे विज्ञप्ति जारी गरे अनुसार नेपालमा २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

संक्रमित हुनेहरूमा पर्सा जिल्ला निवासी २२ देखि ६० उमेर समुहका ६ जना पुरूष र १२ महिलाहरू रहेका छन् । त्यसैगरी महोत्तरी जिल्ला निवासी १६ र ३५ वर्षीय पुरूषहरू रहेका छन् ।

मंगलबार दिउँसो मात्रै ५७ जनामा संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खवर