दमकमा टिफरले हानेर एक जनाको घटना स्थलमै मृत्युु - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा टिफरले हानेर एक जनाको घटना स्थलमै मृत्युु

दमक / दमकमा टिफरले हानेर एक जनाको ज्यान गएको छ ।

बुधबार बिहान को १ ख ५५२४ नम्बरको टिफरले साइकलमा सवार दमक १ लुङ्धुङ टोल निवासी शोभित दर्जिलाई ठकर दिदा घटना स्थलमै मृत्युु भएको हो ।

उनलाई दमक स्थित हरिओम कोलोनी मार्गमा टिफरले हानेको थियो ।

तीन महिना अघि मात्रै बिबाह गरेका दर्जिले दैनिक ज्यालादारी गरी जीवन गुजरा गर्दै आएका थिए । बिहान काममा जादै गर्दा टिफरले हानेको आफ्न्तले जानकारी गरेको दिउका छन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित खवर