कोरोना संक्रमित २ सय १९ पुग्यो, २ जना नयाँ संक्रमित थपिए - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित २ सय १९ पुग्यो, २ जना नयाँ संक्रमित थपिए


काठमाडौं / कोरोना भाइरस (कोभिड–१९) को संक्रमिण बुधबार दुई जना थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार धुलिखेल अस्पताल, धुलिखेलको प्रयोगशालामा नेपालगन्ज निवासी एक ३६ वर्षिय पुरुष नयाँ कोरोना संक्रमितको रुपमा भेटिएका हुन् ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा, काठमाडौंको प्रयोगशालामा गरीएको परिक्षमा कपिल्वस्तु जिल्ला कपिल्वस्तु नगरपालिका ५, निवासी एक २२ वषिय पुरुषमा पनि आजै कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उनीहरु दुबैजनाको स्वास्थ्य स्थिती सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्ममा २ सय १९ जना कोरोना संक्रमित पुष्टि हुदा ३४ जना निको भएर घर फर्किएका छन् ।

 

सम्बन्धित खवर