कोरोना संक्रमित २ सय ५० पुग्यो, ७ जना नयाँ थपिए  - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित २ सय ५० पुग्यो, ७ जना नयाँ थपिए 


काठमाडौं / कोरोना भाइरस (कोभिड–१९) को संक्रमिण फेरी ७ जना थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा, काठमाडौं गरीएको परिक्षण अनुसार २ जना नयाँ कोरोना संक्रमितको भेटिएका हुन् । त्यस लगतै पुनः ५ जना सोही प्रयोगशालामा नयाँ संक्रमित थपिएका छन् ।

नयाँ ७ जना संक्रमित मध्ये काठमाडौं चन्द्रागिरी नगरपालिका निवासी ३२ वर्षिय पुरुष र कपिल्वस्तु जिल्ला निवासी ६ महिला रहेका छन् ।

त्यस्तै सर्लाही जिल्ला धानकौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषा जिल्ला जनकपुर न.पा. र मिथिला न. पा. निवासी ४० वर्षीय पुरुष र २० वर्षीय महिला रहेका छन् ।

त्यसरी नै महोतरी जिल्ला जलेश्वर न.पा. र बलवा न.पा. निवासी १६ र ३५ वर्षीय पुरुषहरुमा नयाँ कोरोना संक्रमिण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उनीहरु सबै जनाको स्वास्थ्य स्थिती सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर