काठमाडौं / नेपालमा थप ७ जनामा कोरोना भाइरस(कोभिड–१९)संक्रमण पुष्टि भएको छ ।
बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको छ ।
पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैरीनै सर्लाही धान्कौल नगरपालिका निवासी ४५ वर्षीय पुरूष, धनुषा जनकपुर नगरपालिका ४० वर्षीय पुरूष, मिथिला नगरपालिका निवासी २० वर्षीय महिला, महोत्तरी जलेश्वर नगरपालिका निवासी १६ वर्षीय पुरूष र बलबा नगरपालिका निवासी ३५ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरि नेपालमा ३५ जना संक्रमित भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।