थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४९ पुग्यो - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४९ पुग्यो

काठमाडौं / नेपालमा थप ३ जनामा कोरोना भाइरस(कोभिड–१९)संक्रमण पुष्टि भएको छ ।

बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अरु दुई जना भने धनुषा र धादिङका हुन् ।

धनुषाको १७ वर्षकी र धादिङकी ३० बर्से महिलामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित तीनैजना सवस्थयकर्मीको सम्पर्कमा रहेको र स्वास्थय स्थिति सामान्य रहेको स्वास्थय मन्त्रालयले जनाएको छ ।

यसैगरि नेपालमा संक्रमित मध्ये ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर