नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुग्यो, शुक्रबार विहानै ९ जना थपिए - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुग्यो, शुक्रबार विहानै ९ जना थपिए


काठमाडौं / नेपालमा कोरोना भाइरस(कोभिड–१९) का संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

शुक्रबार विहानै ९ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या २ सय ५८ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार विहान सार्र्विजनक गरेको तथ्यांकामा मकवानपुर र बाँकेका थप नौ जनामा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौं र भेरि अस्पताल नेपालगञ्जमा गरिएको परीक्षण अनुसार मकवानपुर निवासी ३७ बर्षीय पुरुष र बाँके, नैनापुर निवासी १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ बर्षीय पुरुषहरुमा कोरोणा संक्रमणको पुष्टि भएको छ ।

संक्रमित सवैजना सवस्थयकर्मीको सम्पर्कमा रहेको र स्वास्थय स्थिति सामान्य रहेको स्वास्थय मन्त्रालयले जनाएको छ ।

यसैगरि नेपालमा संक्रमित मध्ये ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर