कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो


दमक / कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभरीबाट मृत्यु हुनेको संख्या ३ लाख बढी भएको छ । अहिलेसम्मको विबरण अनुसार ३ लाख ३ हजार ३ सय ७१ पुगेको छ ।

मृत्यु हुनेमा अमेरिकामा मात्रै ८६ हजार ९ सय १२ जनाको रहेको छ । जुन अन्य देशको तुलनामा सबैभन्दा धेरै हो ।

 

त्यस्तै स्पेनमा २७ हजार ३ सय २१, बेलायतमा ३३ हजार ६ सय १४, इटलीमा ३१ हजार ३ सय ६८, फ्रान्समा २७ हजार ४ सय २५ र ब्राजिलमा १३ हजार ९ सय ९३ जनाको मृत्यु भएको छ ।

त्यस्तै जर्मनीमा ७,९२८, तकीमा ४,००७, इरानमा ६,८५४, क्यानडामा ५,८७२ बेल्जीयममा ८,९०३ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा २६४९ जनाले ज्यान गुमाएका छन् । भने कोरोनाको उदगम विन्दु चीनमा ४,६३३ जनाको मृत्यु भएको छ ।

त्यस्तै अहिलेसम्म विश्वभरीबाट संक्रमित हुनेको संख्या ४५ लाख २५ हजार ३ सय ९० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म संक्रमितमध्ये १७ लाख ३ हजार ७ सय ७५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

संक्रमित मध्ये ४५ हजारको अवस्था भने गम्भीर छ ।

सम्बन्धित खवर