सवारी पास पाएपछि पुर्व राजा ज्ञानेन्द्र काठमाडौ फर्कदै - Mangsebung News
  • आइतबार, मङि्सर २४, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सवारी पास पाएपछि पुर्व राजा ज्ञानेन्द्र काठमाडौ फर्कदै

काठमाडौं / सवारी पास पाए पछि पुर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार काठमाडौ फर्किएका छन् ।

उनी लकडाउनका कारण झापाको दमकमा लामो समय रोकिएर बसेका थिए । जिल्ला प्रशासन झापाको कार्यालयले गृह मन्त्रालयको सहमति लिई सवारी पास दिएपछि उनी झापाबाट काठमाडौं फर्किएका हुन् ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै पूर्वराजालाई सवारी पास दिएको बताए ।

पूर्वराजाका सहयोगीले इमेलमार्फत सवारी पास लिन निवेदन दिएपछि प्रशासन कार्यालयले पास दिएको थियो । तर गृह मन्त्रालयको स्वीकृति नलिई सवारी पास दिन नपाइने भएपछि प्रशासन कार्यालयले उक्त पास रद्ध गरेको थियो । अहिले ५ जनाको लागि सवारी पास लिएर काठमाडौ फर्किएका हुन ।

रानाले भने ‘हामीले पहिले दिएको पासमा गृह मन्त्रालयको अनुमति नभएकाले त्यसलाई रद्ध गरेका थियौं तर पछि गृह मन्त्रालयको अनुमित लिएर हिजै (बिहीबारै) पास दिएका हौं ।’

निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि त्यहीँ रोकिएका थिए । लकडाउन लम्बिँदै गएपछि उनीहरु काठमाडौं फर्किन चाहेका हुन् ।

सम्बन्धित खवर