जापान र हङकङका भिसा भएकाले जान पाउने - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जापान र हङकङका भिसा भएकाले जान पाउने

काठमाडौं / कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जापान र हङकङका भिसा भएकाहरुलाई फर्किन दिने निर्णय गरेको छ ।

उच्चस्तरीय समन्वय समितिले शुक्रबार जापान र हङकङमा बस्दै आएका पठाउने निणर्य गरेको हो ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि भनेर सरकारले लक डाउन लगाएको कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टड फ्लाइट मार्फत जापान र हङकङ पठाउने निर्णय पनि गरेको समितिका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।

जापान र हङकङ जानका लागि नेपालमै रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रकृया पुरा गरी पठाउने निर्णय भएको उनले जानकारी दिए ।

अहिलेको अवस्था र लक डाउनको मोडालिटी परिवर्तन गरी कसरी जनजीवन सहज बनाउन सकिन्छ भन्ने विषयमा विज्ञहरुसँग छलफल भएको हो । विज्ञहरुले परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन् ।

आत्तिनुपर्ने अवस्थामा नभएपनि सचेत हुनुपर्ने, विदेशबाट आउनेहरुको सवालमा सम्बन्धित स्थानीय तहहरुमा क्वारेन्टाइनको उचित व्यवस्थान गरी ल्याउनुपर्ने सुझाव दिएका छन् ।

सम्बन्धित खवर