लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा जारी गरिनेछ : राष्ट्रपति भण्डारी - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा जारी गरिनेछ : राष्ट्रपति भण्डारी

 

काठमाडौ  भारतले अतिक्रमण गरेर सडक बनाएको भु–भाग रहेको दार्चुलाको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने भएको छ ।

शुक्रबार संघीय संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको नयाँ नक्सा जारी गर्ने उद्घोष गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संघीय संसदलाई सम्बोधन गर्ने क्रममा भनिन् ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि हो । यो भूमि फिर्ता ल्याउन ठोस कूटनीतिक पहल गरिनेछ । र लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरिनेछ ।’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकको निर्णय अनुसार सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर नेपालको नयाँ नक्सा जारी गर्ने महत्वपूर्ण विषय समावेश गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको नेकपा सचिवालय बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।

नेपालमा लामो समयदेखि लिम्पियाधुरा, कालापानी र लिपुलेकबिनाको देशको नक्सा प्रचलनमा छ ।

सम्बन्धित खवर