कोरोना संक्रमित २ सय ६७ पुग्यो, ९ जना नयाँ थपिए, - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित २ सय ६७ पुग्यो, ९ जना नयाँ थपिए,


काठमाडौं / कोरोना भाइरस (कोभिड–१९) को संक्रमिण फेरी ९ जना थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा, काठमाडौं, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल, नेपालगञ्जमा गरीएको परिक्षण अनुसार ९ जना नयाँ कोरोना संक्रमितको भेटिएका हुन् ।

ती मध्ये पर्सा विरगंज निवासी ९ र १० वर्षिय बालक, २३, ४७ वर्षीय महिला रहेका छन् ।

त्यस्तै उदयपुर त्रियुगा न.पा. निवासी २५ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी दाङको गडुवा वडा न. ४, ५ र तुलसीपुर निवासी २३, ३६, ३४ वर्षीयहरु रहेका छन् ।

त्यस्तै काठमाडौ सप्तुंगल निवासी ७ वर्षीय बालक रहेका छन् ।

उनीहरु सबै जनाको स्वास्थ्य स्थिती सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर