कोरोना संक्रमित ६ जना थपिए, जम्मा २७३ पुग्यो - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित ६ जना थपिए, जम्मा २७३ पुग्यो


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमिण फेरी ६ जना थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा, काठमाडौंमा गरीएको परिक्षण अनुसार ६ जना नयाँ कोरोना संक्रमितको थपिएका हुन् ।

ती मध्ये बदिया नाखु–११ निवासी २८ वर्षिय महिला, सिराहा सखुवा १९ निवासी ३० वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै पर्सा बिरगंज १२ निवासी २८, २९ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी सर्लाही रामनगर ४ निवासी १८ वर्षीय महिला र चितवन गढवल १ निवासी २५ वर्षीय महिला रहेका छन् ।

उनीहरु सबै जनाको स्वास्थ्य स्थिती सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर