कोरोना संक्रमित पुनः ३ जना थपिए, जम्मा २७६ पुग्यो - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित पुनः ३ जना थपिए, जम्मा २७६ पुग्यो


काठमाडौं / कोरोना भाइरस (कोभिड–१९) को संक्रमिण फेरी ३ जना थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार प्रदेशिक जनस्वास्थ्य प्रयोगशालामा, भैरहवामा गरीएको परिक्षण अनुसार ३ जना नयाँ कोरोना संक्रमितको थपिएका हुन् ।

उनीहरु कपिलवस्तु शिवराज न.पा. चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षिय पुरुषहरु रहेका छन् ।

उनीहरु सबै जनाको स्वास्थ्य स्थिती सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर