नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुग्यो, २ जना थपिए - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुग्यो, २ जना थपिए

काठमाडौं / नेपालमा थप २ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा थप २ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा धुनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसंगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या २ सय ८१ पुगेको छ । यसैगरि नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट एक महिलाको को मृत्यु भएको छ ।

संक्रमित सवैजना सवस्थयकर्मीको सम्पर्कमा रहेको र स्वास्थय स्थिति सामान्य रहेको स्वास्थय मन्त्रालयले जनाएको छ ।

नेपालमा संक्रमित मध्ये ३६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर