क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु - Mangsebung News
  • मङ्गलबार, बैशाख ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु


काठमाडौ / क्वारेन्टाइनमा बसेका एक २४ वर्षे युवाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका स्थित दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका ती युवाको आइतबार बिहान मृत्यु भएको हो ।

नरैनापुर–५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । उनलाई वाकवाकी लागेको थियो । उनले क्वारेन्टाइनमा उपचार नपाएका कारण मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले विरोध जनाएका छन् ।

उनलाई अस्पताल लैजान स्थानीयले एम्बुलेन्सलाई खबर गरे पनि पीपीई नभएका कारण चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले जानकारी दिएका छन् ।

मृतक युवकको मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको कारण बताउन सकिने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । युवकको मृत्युको जानकारीपछि स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पठाइसकिएको प्रजिअ खड्काले बताए ।

सम्बन्धित खवर