कोरोना संक्रमित २९५ पुग्यो, नयाँ ३ जना थपिए - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित २९५ पुग्यो, नयाँ ३ जना थपिए


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमित फेरी ३ जना थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकोे प्रयोगशालामा, गरीएको परिक्षण अनुसार ३ जना नयाँ कोरोना संक्रमितको थपिएका हुन् ।

संक्रमितहरु मध्ये धनकुटा निवासी ३४ वर्षिय महिला रहेका छन् ।

त्यस्तै मोरङ जिल्ला विराटनगर निवासी २९ वर्षीय महिला र ३६ वर्षीय पुरुष रहेका छन् ।

उनीहरु सबै जनाको स्वास्थ्य स्थिती सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर