नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि धनकुटा अस्पताल सिल - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि धनकुटा अस्पताल सिल


धनकुटा / धनकुटा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि धनकुटा अस्पाताललाई सिल गरिएको छ । स्थानीय प्रशासनले धनकुटा नगरपालिका–७ को चार किल्ला तोकेर सिल गरेको जानकारी दिएको छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीको अनुसार धनकुटा–७ को त्रिवेणी गेटबाट, बसपार्क, जिरो प्वाइन्ट, परिचय मोड, यलम्बर चोक, सिनेमा हल हुँदै त्रिवेणी चौकसम्मको क्षेत्रलाई सिल गरिएको हो ।

उनका अनुसार आइतबार राति नै सुरक्षा प्रमुख र सरोकारवालाको बैठकले अस्पताल क्षेत्रलाई सिल गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्यकर्मीलाई नै कोरोना भाइरस (कोभिड १९) संक्रमणको पुष्टी भएपछि चार किल्ला तोकेर अनिश्चितकालका लागि सिल गरिएको र थप संक्रमितहरुको पहिचानका लागि ट्रेसिङ तथा परीक्षण सुरु गरिने जानकारी दिइएको छ ।

गत शनिबार चारजना स्वास्थ्यकर्मी र एकजना सुरक्षाकर्मीको स्वाव नमुना संकलन गरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला परीक्षण गरिएको थियो । जसमा एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टी भएको थियो ।

सम्बन्धित खवर