रौतहटमा ८ र बारामा १ जना कोरोना संक्रमित थपिए, संक्रमित ३०४ पुग्यो - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रौतहटमा ८ र बारामा १ जना कोरोना संक्रमित थपिए, संक्रमित ३०४ पुग्यो


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित ९ जना थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौकोे प्रयोगशालामा, गरीएको परिक्षण अनुसार ९ जना नयाँ कोरोना संक्रमितको थपिएका हुन् ।

संक्रमितहरु मध्ये रौतहट जिल्ला इशनाथ नगरपालिका २, ३, ६ र ९ वडा निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षिय पुरुषहरु र रौतहट माधवनारायण न.पा. ३ निवासी २८ वर्षीय महिला रहेका छन् ।

त्यस्तै बारा जिल्ला करैयामाई ५ निवासी ३८ वर्षीय पुरुष रहेका छन् ।

उनीहरु सबै जनाको स्वास्थ्य स्थिती सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर