झापामा थप एक जना कोरोना संक्रमित भेटिए - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा थप एक जना कोरोना संक्रमित भेटिए


झापा / झापाको कचनकवल गाउँपालिका ६, बनियानी बस्ने एक युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

बनियानी निवासी एक २३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भए संगै झापामा सङ्क्रमितको संख्या तीन पुगेको छ । यसअघि दमक र बाह्रदशीका पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यसमध्ये बाह्रदशीका पुरुष निको भइसकेका छन् ।

कचनकवलमा कोरोना पुष्टि भएका पुरुष गत शनिबार भारतबाट फर्किएका थिए । उनीसँगै त्यो दिन पाठामारी नाकाबाट ३३ जना नेपाल प्रवेश गरेका थिए । उनीहरूलाई त्यही दिन स्वास्थ्य परीक्षण गरी पथरिया र लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा राखिएको छ ।

 

उनीहरू दिल्ली र मुम्बईबाट काम गरेर फर्केका युवाहरू भएका कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।

उनीहरुलाई पथरिया क्वारेन्टाइनमा राखिएको छ । उनीसहित ३३ जनाको स्वाब कोशी अञ्चल अस्पताल विराटनगरमा पिसिआर परीक्षणका लागि पठाइएको थियो । त्यसमध्ये १० जनाको रिपोर्ट आएको हो । २३ जनाको रिपोर्ट आउन बाँकी रहेको जल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

ती कोरोना सङ्क्रमितलाई उपचारका लागि कोशी अस्पताल पठाइने चौलागाईले बताए ।

सम्बन्धित खवर