कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३, २४, ५३५ पुग्यो - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३, २४, ५३५ पुग्यो


दमकर / कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभरीबाट मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ५ सय ३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ५ सय ५२ जनाले ज्यान गुमाएका छन् । यो संगै अमेरिकामा मृत्यु मात्रै ९३,५३३ जना पुगेको छ । जुन अन्य देशको तुलनामा सबैभन्दा धेरै हो ।

त्यस्तै स्पेनमा २७ हजार ७ सय ७८, बेलायतमा ३५ हजार ३ सय ४१, इटलीमा ३२ हजार १ सय ६९, फ्रान्समा २८ हजार २२ र ब्राजिलमा १७ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ ।

 

त्यस्तै जर्मनीमा ८,१९३, तुकीमा ४,१९९, इरानमा ७,१९९, क्यानडामा ५,९१२ र बेल्जीयममा ९,१०८ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा ३३०२ जनाले ज्यान गुमाएका छन् । भने कोरोनाको उदगम विन्दु चीनमा ४,६३४ जनाको मृत्यु भएको छ ।

त्यस्तै अहिलेसम्म विश्वभरीबाट संक्रमित हुनेको संख्या ४९ लाख ८२ हजार ८ सय ७५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १९ लाख ८५ हजार ४ सय ४१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

संक्रमित मध्ये ४५ हजार ४ सय ४३ जनाको अवस्था गम्भीर छ ।

सम्बन्धित खवर