काठमाडौं काठमाडौंमा कार्यरत दुई जना प्रहरीलाई पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।
महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको नेपाल प्रहरी उच्च स्रोतले जनाएको छ ।
उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि मंगलबार यसबारे स्वास्थ्य मन्त्रालयले प्रहरीलाई जानकारी गराइसकेको छ ।
मंगलबार दुवै जना प्रहरी कर्मचारी ब्यारेकमै बसेका थिए । ब्यारेकमा ९० जना बस्ने गरेका छन् । बुधबारबाट सबैको पीसीआर परीक्षण थाल्ने तयारी भइरहेको स्रोतको दाबी छ ।