आज देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने

काठमाण्डौ / आज देशका विभिन्न स्थानमा मेघगर्जन सहित वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

अंपुन चक्रवातको प्रभावका कारण पूर्वी र मध्य क्षेत्रका सबैजसो ठाउँ र पश्चिमका केही ठाउँमा मेघगर्जन, चट्याङ तथा वर्षाको सम्भावना रहेको जनाएको हो ।

आज दिउँसोपख चक्रवातले नेपाली जमिन छुने र त्यसपछि मेघगर्जन, वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुने जनाएको छ । आज बेलुकीपख चक्रवातको प्रभाव बढि पर्ने र रातिबाट प्रभाव कम हुँदै भोलि बिहीबार दिउँसोबाट मौसममा सुधार आउन थाल्ने मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।

चक्रवातको प्रभाव ३ र४ दिन रहने भएकोले अबका केही दिन मौसम केहीबेर खुले पनि बादल तथा सामान्य वर्षा पनि हुने महाशाखाले जनाएको छ । अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले मेघगर्जन, चट्याङ र हावाहुरी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खवर