कोरोना संक्रमणबाट तेस्रो व्यक्तिको निधन - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट तेस्रो व्यक्तिको निधन

बुटवल / कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट तेस्रो व्यक्तिको रुपमा गुल्मीका एक ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा उनको बुधबार मृत्यु भएको हो । मृत्यु भएका ती पुरुष गुल्मी मदाने गाउँपालिका–६ निवासी हुन ।

उनी जेठ १ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो । शुरुमा आईसीयूमा उपचाररत उनी कोरोना पुष्टि हुँदा भेन्टिलेटरमा थिए ।

यसअघि सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिला र बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । उनीहरु दुवैजनाको रिपोर्ट भने मृत्यु भएपछि मात्रै कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

सम्बन्धित खवर