काठमाडौं / नेपालमा कोरोना भाइरसको संक्रमण थप २५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाको अनुसार संक्रमितहरू बाँकेमा ६ जना पुरुष, धनकुटामा ५ जना, कपिलवस्तुमा थप १३ जना र नवलपरासी पश्चिम सुस्ताका एक पुरुष संक्रमित भएको बताए । उनीहरु ३ देखि ४८ वर्ष उमेरका छन् ।
देवकोटाका अनुसार हालसम्म पिसिआर विधिबाट गरिएको परीक्षण ३५ हजार ४ सय ९४ र आरडीटीबाट ७५ हजार ७२ जनाको परीक्षण गरिएको छ ।
कोरोना संक्रमणका कारण नेपालमा २ जनाको मृत्यु भइसकेको छ ।