झापा, धनकुटा र सुनसरीमा १७ जना कोरोना संक्रमित थपिए, संक्रमित ४४४ पुग्यो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापा, धनकुटा र सुनसरीमा १७ जना कोरोना संक्रमित थपिए, संक्रमित ४४४ पुग्यो


झापा / कोरोना भाइरस ( कोभिड १९) को नयाँ संक्रमितहरु १७ जना थपिएका छन् । उनीहरु झापा, धनकुटा र सुनसरी जिल्लाका रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् ।

सहप्रवक्ता अधिकारीका अनुसार झापाको कचनकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा १५ जना कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।

यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर