झापामा ८ सहित ९ जना कोरोना संक्रमित थपिए - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा ८ सहित ९ जना कोरोना संक्रमित थपिए


झापा / कोरोना भाइरस ( कोभिड १९) को नयाँ संक्रमितहरु ९ जना थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ५४ पुगेको छ ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले झापा कचनकवलका ८ जना र रुपन्देहीका १ जना संक्रमित रहेको बताए ।

रुपन्देहीका २७ वर्षीय पुरुष हुन् भने झापामा १७, १८ वर्षीय दुई, २० वर्षीय दुई, २३, ५२ र ५५ वर्षीय पुरुषहरु छन् ।

उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा भएको परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं–३, दाङ बस्ने ३५ वर्षीय युवामा कोरोना संक्रमण भएको पाइएको छ ।

प्रतिष्ठानद्वारा आज साँझ जारी प्रेस विज्ञप्तिमा रोल्पा, लमही, तुल्सीपुर, घोराही नगरपालिका र सल्यान लगायतका स्थानहरुबाट संकलन गरिएको जम्मा ६९ जनाको नमूनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ जनामा कोरोना भाइरस पुष्टि भएको जनाइएको छ ।

 

सम्बन्धित खवर