कोराना संक्रमित ५०७ पुग्यो, फेरी २० जना थपिए - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोराना संक्रमित ५०७ पुग्यो, फेरी २० जना थपिए

काठमाडौं / नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमित २० जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. देवकोटाका अनुसार २० जना नयाँ संक्रमित थपिएका हुन । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५ सय ७ पुगेको छ ।

शुक्रबार थपिएका संक्रमितहरु बाँकेका १४ जना रहेका छन ्। उनीहरू १८ देखि ६१ वर्ष उमेरका पुरुषहरू छन् । उनीहरूमध्ये १८ वर्षीय एक पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् ।

त्यस्तै चितवनको भरतपुर महानरगपालिका–६ का ७४ वर्षका पुरुष, ७३ वर्षकी महिलामा रहेका छ । त्यस्तै नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


डडेलधुराको पराशुराम १० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ(१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ । कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

यस्तै मोरङको रतुवामाई २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर