गायक तथा निर्माता बोखिम पितृ शोकमा - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायक तथा निर्माता बोखिम पितृ शोकमा

दमक / लिम्बु भाषीक ‘मिम्जिफुङ’ पालाम गीतका गायक तथा निर्माता आशराज बोखिम पितृ शोकमा परेका छन् ।

उनका पिता कबिराज बोखिमको ८८ बर्षको उमेरमा बिहिबार निधन भएको हो । उनको उपचारको क्रममा बिजयपुर अस्पताल धरानमा निधन भएको परिवारले जनाएको छ । भुपु बृटिस आर्मीका हवल्दार रहेका उनी सामाजिक व्यक्तित्व हुन् ।

गायक बोखिमको आफ्नो आमाको दुई महिना अगाडि निधन भएको थियो । उनको निधन गत चैत ५ गते भएको थियो । आमाको अन्त्येटी कार्य र सुधाई गर्न बेलायतबाट नेपाल आएका थिए गायक बोखिम ।

यसरी आमाको निधन भएको दुई महिनाको अन्तरालमा पिता गुमाउनु परेको ठुलो पिडामा परेका छन् बोखिम ।

उनका पिता सिरिजंगा गाउँपालिका ३ सिकैचा (साविक सिकैचा गाबिस वडा नं. ४ कन्जारी) ताप्लेजुङ जन्मेका थिए ।

 

सम्बन्धित खवर