कोराना संक्रमित फेरी ९ जना थपिए, संक्रमित ५१६ पुग्यो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोराना संक्रमित फेरी ९ जना थपिए, संक्रमित ५१६ पुग्यो


काठमाडौं / नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमित ९ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमित थपिएसंगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५ सय १६ पुगेको छ ।

उनीहरु बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै, सप्तरीको बलान बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका ९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका(३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

सम्बन्धित खवर