आगोलागी पिडितलाई लिम्बुवान दक्षिण कोरियाको राहत रकम हस्तान्तरण - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आगोलागी पिडितलाई लिम्बुवान दक्षिण कोरियाको राहत रकम हस्तान्तरण

फुङलिङ / संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास कार्य समिति दक्षिण कोरियाद्वारा गत वैशाख १९ गते ताप्लेजुङ सदरमुकाम फुङलिङ वजारमा आगोलागीबाट पिडित परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ ।

शुक्रबार संघीय लिम्बुवान मञ्च, नेपाल उपाध्यक्ष तथा प्रदेश नं. १ का सदस्य विष्णु तुम्बाहाम्फेले लिम्बुवान दक्षिण कोरियाद्वारा संकलित १ लाख ११ हजार १ सय ५१ रुपैयाँ राहत स्वरुप आगलागी पिडितको लागि फुङलिङ नगरपालिकाका मेयरलाई हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण कार्यक्रममा लिम्बुवान मञ्चका उपमहासचिव इन्दीरा मेन्याङ्बो, जिल्ला कार्य समितिका पदाधिकारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

आगोलागीबाट ७ घर जलेर नष्ट भएका थिए भने करोडौंँको क्षति भएको थियो ।

सम्बन्धित खवर