दमक / कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभरीबाट मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ९ सय २२ पुगेको छ । यो अहिलेसम्मको विबरण हो ।
अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ९७ हजार ६ सय ४७ जना पुगेको छ । जुन अन्य देशको तुलनामा सबैभन्दा धेरै हो ।
त्यस्तै स्पेनमा २८ हजार ६ सय २८, बेलायतमा ३६ हजार ३ सय ९३, इटलीमा ३२ हजार ६ सय १६, फ्रान्समा २८ हजार २ सय ८९ र ब्राजिलमा २१ हजार ४८ जनाको मृत्यु भएको छ ।
त्यस्तै जर्मनीमा ८,३५२, तुकीमा ४,२७६, इरानमा ७,३००, क्यानडामा ६,२५० र बेल्जीयममा ९,२१२, मेक्सिकोमा ६,९८९ र रुसमा ३,२४९ जनाको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारतमा ३,७३६ जनाले ज्यान गुमाएका छन् । भने कोरोनाको उदगम विन्दु चीनमा थप मृत्यु भएको छैन् । पहिलेकै ४,६३४ जना यथावत रहेको छ ।
त्यस्तै अहिलेसम्म विश्वभरीबाट संक्रमित हुनेको संख्या ५३ लाख १ हजार ८ सय पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २१ लाख ५८ हजार ४ सय ७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
संक्रमित मध्ये ४४ हजार ५ सय ८४ जनाको अवस्था गम्भीर रहेको छ ।