कोराना संक्रमित ५४८ पुग्यो, फेरी ३२ जना थपिए - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोराना संक्रमित ५४८ पुग्यो, फेरी ३२ जना थपिए

काठमाडौं / नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमित ३२ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवत्ता डा. समीर कुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला, भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला, चितवनमा गरिएको परिक्षणमा ३२ जना नयाँ संक्रमित थपिएका हुन । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५ सय ४८ पुगेको छ ।

शनिबार थपिएका संक्रमितहरु कपिलवस्तुमा ८, सर्लाहीमा १३, बारा र काठमाडौमा एक एक जना रहेका छन् । त्यस्तै रुपन्देहीमा ८ र चितवनमा १ जना रहेका छन् ।

कपिलवस्तु बाणगंगा नगरपनलिकामा १७, १९, २२, २९, ३५, ४०, ४२ वर्ष उमेरका पुरुषहरू र २७ वर्षीय महिला रहेकी छन् ।

सर्लाहीको गोडैता र कावीलासी न.पा. निवासी १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५ र ३३ वर्षीय पुरुष संक्रमित रहेका छन् ।

त्यस्तै बाराको करैयामाई न.पा निवासी ३७ वषीय महिला र काठमाडौका ३५ वषीय पुरुष छन् ।

रुपन्देही गैडहवा र रोहिणी गा.पा.का २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वषीय पूरुष रहेका छन् ।

त्यस्तै चितवनको भरतपुर महानरगपालिका–६ का ५२ वर्षका पुरुष रहेका छन् ।

सम्बन्धित खवर