कोराना संक्रमित ७२ जना थपिए, संक्रमित ६७५ पुग्यो - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोराना संक्रमित ७२ जना थपिए, संक्रमित ६७५ पुग्यो


काठमाडौं / नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमित ७२ जना थपिएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६ सय ७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ७२ जना कोरोना संक्रमित थपिएको जनाएका छन् ।

सोमबार थपिएका संक्रमितहरु रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४, काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् । यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको टोखा नगरपालिका ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा संक्रमित फेला परेको हुन । त्यस्तै रौतहटको राजपुर परहदवा– २, ६ र ८ तथा इशनाथ– २ मा संक्रमित फेला परेका छन् ।

बाराको गढीमाई नगरपालिकामा २१ जना र कलैया नगरपालिका कोटवाली–१ मा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै सप्तरीको डाक्नेश्वरी गाउँपालिकामा २ जना र धनुषाको नगराइन नगरपालिका ३ मा तीन जनामा संक्रमण पुष्टि भएको छ ।

बर्दियाको बाँसगढी–९ मा एक जना, बाँकेको राप्ती सोनारी–७ र डुडुवा २ मा चार जनामा कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै दैलेखको नारायण नगरपालिकामा ४ जना, गुराँस गाउँपालिकामा २ र ढुंगेश्वर गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यससँगै कुल संक्रमितको संख्या ६७५ पुगेको छ । उनीहरु मध्ये  चार जनाको निधन भएको छ भने ८७ जना निको भइसकेका छन् ।

प्रेस विज्ञप्ती

सम्बन्धित खवर