कोराना संक्रमित ६८२ पुग्यो, ७ जना संक्रमित थपिए - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोराना संक्रमित ६८२ पुग्यो, ७ जना संक्रमित थपिए

काठमाडौं / नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमित ७ जना थपिएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६ सय ८२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास ढकालले नियमित पत्रकार सम्मेलनमा ७ जना कोरोना संक्रमित थपिएको जनाएका छन् ।

नयाँ संक्रमितमा मेल्लेख अछामका एक पुरुष, बर्दिया गुलरियाका तीजना पुरुष र पर्साका दुई जना पुरुष रहेका छन् । अर्का एक संक्रमित पर्साकै मृतक व्यक्ति रहेका छन् ।

संक्रमितमध्ये एकजना जेठ ४ गते मृत्यु भएका व्यक्ति हुन् । उनको पर्साको वीरगञ्जमा मृत्यु भएको थियो ।

यस अघी आजै मात्र ७२ जना संक्रमित थपिएका थिए ।

सम्बन्धित खवर