कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३,५७,४०० पुग्यो, अमेरिकामा मात्रै एक लाख बढीको मृत्यु - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३,५७,४०० पुग्यो, अमेरिकामा मात्रै एक लाख बढीको मृत्यु

दमक / कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभरीबाट मृत्यु हुनेको संख्या ३ लाख ५७ हजार ४सय पुगेको छ । भने अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।

हालसम्म अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या १ लाख २ हजार १ सय ७ जना पुगेको छ । जुन अन्य देशको तुलनामा अत्याधिक धेरै हो ।

त्यस्तै स्पेनमा २७ हजार १ सय १८, बेलायतमा ३७ हजार ४ सय ६०, इटलीमा ३३ हजार ७२, फ्रान्समा २८ हजार ५ सय ९६ र ब्राजिलमा २५ हजार ६ सय ९७ जनाको मृत्यु भएको छ ।

त्यस्तै जर्मनीमा ८,५३३, तुकीमा ४,४३१, इरानमा ७,५६४, क्यानडामा ६,७६५ र बेल्जीयममा ९,३६४, मेक्सिकोमा ८,५९७ र रुसमा ३,९६८ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा ४,५३४ जनाले ज्यान गुमाएका छन् । भने कोरोनाको उदगम विन्दु चीनमा थप मृत्यु भएको छैन् । पहिलेकै ४,६३४ जना यथावत रहेको छ ।

त्यस्तै अहिलेसम्म विश्वभरीबाट संक्रमित हुनेको संख्या ५७ लाख ८८ हजार ७३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २४ लाख ९७ हजार १ सय ४० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

संक्रमित मध्ये ५२ हजार ९ सय ७३ जनाको अवस्था गम्भीर रहेको छ ।

सम्बन्धित खवर