माङसेबुङ / इलामको माङ्सेबुङ–५, भालुटारमा अवस्थित माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारीस सस्था लिमिटेडले माङसेबुङ गाउँपालिकालाई ५० हजार राहत सहयोग स्वरुप हस्तान्तरण गरेकोे छ ।
बिहिबार माङसेबुङ गाउँपालिकाको कार्यालयमा माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडका अध्यक्ष राजेन्द्र बिक्रम खजुम सचिव राजहाङ लाओती, कोषाध्यक्ष राजु मावोहाङ र सदस्य किसन खजुम लगायतले सहयोग रकम माङसेबुङ गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बा, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीलाई संयुक्त रुपमा हस्तान्तरण गरेको हो ।
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित असंगठित मजदुर, विपन्न, असक्त परिवारलाई राहत दिनको लागि माङ्सेबुङ विपत व्यावस्थापन कोषमा सहयोग गरेको माङसेबुङ सहकारीका अध्यक्ष राजेन्द्र बिक्रम खजुमले बताए ।
यसअघि गाउँपालिकालाई बिभिन्न राजनैतिक दल, समाजिक संघ संस्था, सहकारी संघ संस्था लगाय बिभिन्न व्यक्तित्वहरुले राहत सहोयोग हस्तानतरण गरेका छन् ।