कोरोना संक्रमित १२१२ पुग्यो, आजै थपिए १७० जना संक्रमित - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित १२१२ पुग्यो, आजै थपिए १७० जना संक्रमित

काठमाडौं /कोरोना भाइरस (कोभिड(१९) संक्रमितको संख्या १२१२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार मात्रै १७० कोरोना संक्रमित थपिएका छन् । यससंगै नेपालमा कोरोना संक्रमित १२१२ पुगेको हो ।

देवकोटाका अनुसार काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनाको पोजेटिभ रिपोर्ट आएको छ । देवकोटाका अनुसार कपिलवस्तुको भृकुटी माविको क्वारेन्टाइमा बसेका २४ जनामा कोरोना देखिएको हो । त्यहीँ गरिएको परीक्षणमा जनता मावि डुमरिया रौतहटको क्वारेन्टाइनमा बसेका ५६ जनामा कोरोना देखिएको छ ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा गरिएको परीक्षणमा सप्तरी राजबिराजका ४ जना, झापा भद्रपुरका ३४ वर्षीय एक पुरुष संक्रमित पाइएका छन् ।

त्यस्तै कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा २८ जना संक्रमित भेटिएका छन् । उनीहरु सबै झापाका रहेका छन् ।

नारायणी अस्पतालमा गरिएको परीक्षणमा ९ जनालाई संक्रमण भएका छन् । उनीहरु बारा र पर्साका रहेका छन् ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा एक जना ३१ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको छ । गण्डकी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा म्याग्दीे मालिकाका एक जना पुरुषलाई कोरोना पुष्टि भएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा १० जनालाई कोरोना पुष्टि भएको छ । उनीहरु बाँके डुढुवाका १० जना पुरुष रहेका छन् । चितवनको भरतपुर अस्पतालको ल्याबमा गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि भएको छ । उनीहरुमा कपिलवस्तुका ४ जना र नवलपरासीका २ जना रहेका छन् ।

त्यस्तै सर्लाहीको मलंगवाका ४ जनामा संक्रमण पुष्टि भएको छ। रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना कोरोना पुष्टि भएको छ । जसमा कपिलवस्तुका एउटा स्कुलको क्वारेन्टाइनमा बसेका १५ जना छन् । त्यस्तै रुपन्देहीका १ जनामा पनि कोरोना देखिएको छ ।

राप्ती स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ। त्यहाँ गरिएको परीक्षणमा कोरोना देखिनेमा कपिलवस्तुको विजयनगरका ९ जना रहेका छन् ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणको कारण ६ जनाको निधन भएको छ ।

सम्बन्धित खवर