अमेरिकाले डव्लुएचओ संग सम्बन्ध तोडेको ट्रम्पको घोषणा - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अमेरिकाले डव्लुएचओ संग सम्बन्ध तोडेको ट्रम्पको घोषणा


एजेन्सी / ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले डव्लुएचओ संगको सम्बन्ध तोडेको बताए ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’

अमेरिकाले डव्लुएचओसंगको सम्बन्ध तोडेसंगै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग नदिने भएको छ । उक्त रकम संयुक्त अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए ।

राष्ट्रसंघ अन्तर्गतको संस्था डव्लुएचओलाई सहयोग गर्ने दातामध्ये अमेरिका सबैभन्दा ठूलो हो । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्छ ।

चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा डब्ल्यूएचओ नै जिम्मेवार रहेको आरोप लगाउदै ट्रम्पले डव्लुएचओले चीनको पक्षपोषण गरेको आरोप ट्रम्पले शुक्रबार पनि दोहो¥याए छ ।

उनले भने, ‘डव्लुएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ । जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ । चीनले केबल चार करोड डलर दिन्छ तर डव्लुएचओमा उसैको नियन्त्रण छ ।’

कोरोना भाइरसलाई चीनले पूर्ण नियन्त्रणमा लिइसकेको छ । तर अमेरिका अहिले कोरोनाबाट विश्वमै बढी प्रभावित देश बनेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण एक लाख २ हजार ७ सय ९८ जनाको ज्यान गइसकेको छ भने १७ लाख ४५ हजार ६ सय ६ जना संक्रमित छन् ।

सम्बन्धित खवर