नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७ पुग्यो - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७ पुग्यो

काठमाडौं / कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यू हुनेको संख्या ७ पुगेको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले दैलेखको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टाइनमा चिया पिएर हिँड्दै गर्दा अचानक ढलेका उनको मृत्यु भएको थियो । भारतबाट आएका ३५ वर्षीय ती युवा दुल्लु नगरपालिका–११ का बासिन्दा हुन् ।

ती युवा भारतबाट १० दिनअघि नेपाल आएका थिए । मृतकको दाहसंस्कारका लागि जिल्ला प्रशासनसँग सहकार्य भइरहेको दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।

सम्बन्धित खवर